योजनामा गुणस्तरीयता र दिगोपना ल्याउन तिनै तह जिम्मेवार हुनुपर्छ – जिसस कास्की प्रमुख पौडेल
असार १२ , पोखरा
जिसस कास्कीद्वारा बुधबार कास्कीमा सन्चालित बिकास आयोजनाको अनुगमन गर्ने क्रममा बुधबार खानेपानी आयोजना अनुगमन गरिएको छ।
जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्व मा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको मातहतमा पोखरा ३१ मा निर्मित कुर्लुङ खोला लिफ्टिङ्ग खानेपानी आयोजना र पोखरा ११ मा निर्मित काहु डाडा लिफ्टिङ्ग खानेपानी आयोजना को अनुगमन गरेको हो ।
अनुगमन गर्ने क्रममा पौडेलले बहुबर्षिय आयोजनामा प्रदेश सरकार र संघ सरकारबाटअति न्यून बजेट बिनियोजित भएको ले संचालित कति पय आयोजनामा बजेट अभाबका कारण धेरै आयोजनाहरुको गुणस्तरमा प्रभाबित भएको देखिएको बताउनुभयो।
काम गर्ने कम्पनीहरूले समयमा काम सम्पन्न गर्न नसक्दा कम्पनि लाइ भुक्तानी गर्न गाह्रो हुने हुदा कति पय आयोजना अलपत्र पर्ने गरेको भन्दै केही आयोजनाको स्रोत सुनिश्चितता गर्नुपर्ने अन्यथा निर्माणमा ढिला सुस्ती हुने गरेको बताउनुभयो।
सो अबसरमा स्थानिय उपभोक्ताहरू को माताहातमा संचालनमा आएका योजनाहरूमा देखिएका समस्या र चुनौतीहरूको बारेमा अनुगमन टोलिलाई अबगत गराएका थिए।
स्थानीय बाताबरण मैत्रीपुर्ण योजनाको पूर्णता र संचालन टड्कारो आबश्यकता भएको उल्लेख गर्दै प्रमुख पौडेलले गुणस्तर र योजना को दिगोपनामा ध्यान दिन निर्माण कम्पनी सहित सरोकारवाला कार्यालयका कर्मचारीहरूलाइ आग्रह गर्नुभएको थियो।
सरकारले संघीयताको आबश्यकतालाई मध्यनजर गर्नेगरि बिकास का कार्यक्रमलाइ व्यक्तिको जीवनमा उत्पादन सग जोडियो कि जोडिएन भन्ने सवालमा जनताको जीवन शैलीमा समृद्धिको आभास आयो कि आएन भन्ने महाअभियानलाई अघि बढाउनुको बिकल्प नभएको बताउनुभयो।
अनुगमनमा कास्कीका उप प्रमुख सरिता माल , जिल्ला समन्वय अधिकारी नवराज बराल ,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इन्जिनियर हरि प्रसाद तिमिल्सिना , जि स स कास्कीका पदाधिकारी तथा सदस्य ,प्राबिधिक कर्मचारी सहित स्थानिय सरोकारवालाहरूको उपस्थिति रहेको जिसस कास्कीले जनाएको छ।