Worldlink Communications

जातीयताको भड्खालोबाट जोगाउन क्षेत्री समाज निर्माण गरेर देशलाई बचाउने खम्बा ढल्यो

असार १४ ,पोखरा

नेपालमा जातीय युद्ध मच्चिरहेको समयमा फलामले फलाम नै काट्नुपर्छ भन्ने मान्यताका साथ क्षेत्री समाज निर्माण गरेर प्रतिकारात्मक नै सही देशलाई जातीय भिडन्तबाट बचाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पदम कार्की अब हाम्रो सामु रहनुभएन।

पोखरा महानगरपालिका वार्ड नं १६ मदन आशितमार्ग अमला बिसाउने मा बस्नुहुने धार्मिक सामाजिक एवं राजनीतिक व्यक्तित्व साथै निर्माण व्यवसायी बुवा स्वर्गीय तिलक बहादुर कार्की र आमा हस्त माया कार्कीका जेठा छोराको रुपमा २०१४ साल ६ महिना २४ गते जन्मनुभएका पदम कार्कीलाई २०८१ साल ३ महिना ६ गते ६७ वर्षको उमेरमा सदाका निम्ति गुमाउँदा पारिवारिक मात्र नभई सबै खाले सबै विचारका व्यक्तित्वहरू स्तब्ध भएको त्यहाँ उपस्थित व्यक्तिहरूले बताउनुभएको थियो।

नेकपा एमाले पार्टी सदस्य २०४८ सालमा पाउनुभएको उहाँले २०६४/६५ मा नेकपा एमाले वडा नम्बर १६ को पार्टी अध्यक्ष हुनुभयो भने निवर्तमान गण्डकी प्रदेशका सदस्य समेत भइसक्नुभएको थियो।

नेपालमा जातीय लडाई लडिरहेको बेला देशलाई निकास दिनुपर्छ भन्ने मान्यताका साथ क्षेत्री समाज निर्माण गरी क्षेत्री समाज नेपाल को कोषाध्यक्ष एवं कास्कीका निवर्तमान अध्यक्ष भइसक्नुभएका पदम कार्की जन्मभूमि एजुकेसन फाउन्डेसन प्रा ली का अध्यक्ष , मातृशशु मितेरी अस्पतालका संस्थापक सदस्य ,हिमालय क्लब पोखरा १६ का पूर्व अध्यक्ष, विन्दवासिनी मावि प्लस टु तर्फ भवन निर्माण समिति श्रीमद्भागवत को प्रमुख भुमिकामा रहेर काम गरेको परोपकार महासङ्घ नेपालका पूर्व अध्यक्ष लगायत बिभिन्न सङ्घ संस्थाहरूमा महत्वपूर्ण भूमिका निभाइसक्नुभएका सबैका प्यारा आँखामा राख्दा पनि नबिजाउने मिजासिला हसिलो मुहारका व्यक्तित्व पदम कार्की को दुखद निधनले सबैलाई स्तब्धता बनायो नै फेरि पनि समाजमा केही गरौं भन्ने भावना भएका सामाजिक व्यक्तित्व यस समाजले पनि गुमाएको स्थानीयबासीहरु बताउनुहुन्छ।

विशेषगरी विभिन्न सङ्घसंस्थामा काम गरिसक्नुभएका राजनैतिक, प्रतिष्ठित ,सामाजिक एवं धार्मिक व्यक्तित्व पदम कार्कीको निधनले उहाको परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा पर्न गएको दुखद घडिमा paribartannews news. com उहाँको आत्माको चिर शान्तिको कामना गर्दै स्वर्गमा बास भएको होस् भन्ने कामना गर्दै शोक सन्तब्ध परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

 

प्रतिक्रिया दिनुहोस्: