Worldlink Communications

पोखरा -१६ बाटुलेचौर द्वारा विद्यावारिधी गरेका २५ जना र उत्कृष्ट दुई विद्यालयलाई सम्मान

भदौ २०, पोखरा

पोखरा महानगर पालिका वडा नं. १६ ले हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसर पारेर वडा भित्र रहेर विभिन्न विषयमा विद्यावारिधी गरेका २५ जना व्यक्तित्वहरु र २ वटा सामुदायिक विद्यालयलाई सम्मानपत्र, फूलमाला र सल ओढाएर सम्मान गरेको छ ।

वडा शिक्षा समितिको निर्णय अनुसार ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा २५ जना विषय विद्यावारिधी गरेका व्यक्तित्वहरु सहित  २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको थियो ।

वडाले प्रा .डा. टंकनाथ शर्मा, डा. गेहेन्द्रमान उदास, डा. दिर्घमान गुरुङ, डा .गोपाल घिमिरे, डा. महेन्द्र वहादुर वानियाँ, डा. अर्जुन वानियाँ, प्रा.डा. धुर्व वहादुर कार्की, डा. श्रीराम आचार्य, डा. निशा वराल, डा. सुरेश पौडेल, डा. प्रज्ञा गौतम, डा. उत्तम थापा, डा. विदुर देवकोटा, डा. गौतम गुरुङ, डा. सुनिल भट्टराई, डा. श्रीकृष्ण आचार्य, डा. कुशल शर्मा, डा. पुष्पराज आचार्य, डा. अनुप बस्नेत , डा. संजय शर्मा तिमिल्सीना, डा. सुख बहादुर गुरुङ, डा. चन्द्र गुरुङ र  डा. पुनम गौचन सहित २५ जनालाई पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, पृथ्वीनारायण कलेजको स्थापना कर्ता तथा पोखरा शिक्षाका जननीजो रुपमा चिनिएका डा. जोर्ज जोन, र वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले  सयुक्त रुपमा सम्मानपत्र, फूलमाला र सल ओढाएर क्रमसः सबैलाई  सम्मान गर्नुभएको थियो  ।

त्यस्तैगरी सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो वन्न सफल वाटुलेचौरको विन्ध्यवासिनी माध्यमिक बिधालय र कास्कीमा उत्कृष्ट पाँचौमा पर्न सफल ईन्द्रराज्य लक्ष्मी माध्यमिक बिधालय लामाचौरलाई पनि सम्मान गरेको छ । विन्ध्यवासिनी माध्यमिक बिधालयका तर्फवाट प्रधानाध्यापकले सम्मान ग्रहण गर्नुभएको थियो। भने इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल थापा र प्रधानाध्यापकले सम्मान ग्रहण गर्नुभएको थियो।

तिजमेला व्यवस्थापन समितिका संयोजक राजकुमारी वानियाँको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको आतित्यथा गर्दै पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले बिभिन्न बिषयमा विशेषज्ञता हासिल गरेका आफ्ना वडा भित्रका विज्ञहरुलाइ गरेको सम्मानले  सिंगोसमाज नै सम्मानित भएको वताउनुभयो । वडाको विकासमा यस्ता विज्ञवाट सुझाव लिई समग्र वडा बिकासको योजना वनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।सम्मानित व्यक्तित्वहरु पनि मेयर धनराज आचार्यले विषयगत दक्षतालाइ प्रयोग गर्दै  समाज विकास र मानव सेवामा लगाउन आग्रह गर्नुभएको थियो।

शिक्षा कार्यान्वयन ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्काविखर्ची, पृथ्वी नारायण कलेज स्थापना तथा शिक्षा विकासका जननी डा. जोर्ज जोन, सम्मानित व्यक्तित्व डा. महेन्द्र वानियाँ, वडा शिक्षा समितिका जयराम पौडेल लगायतले शैक्षिक प्रागगिक व्यक्तित्वहरुलाइ गरिएको सम्मानले समाज विकासमा र भाबी पुस्तामा यसले दुरगामी महत्व राख्ने बताउनुभएको थियो। वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना ले स्वागत गर्नुभएको कार्यक्रमलाइ भब्य र सभ्य रुपले आयोजक समितिका सदस्य एबम विन्ध्यवासिनी माध्यमिक विद्यालयका लेखा प्रमुख भिम गायकले संचालन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: