Worldlink Communications

यो देशमा कानुन छ सबैले मान्नुपर्छ -कास्की जिसस प्रमुख लिलाधर पौडेल

भाद्र २७ , पोखरा

कास्की जिल्ला समन्वय समितिको अगुवाइमा माछापुछ्रे गाउँपालिका वडा न. २ भुर्जुङ खोलामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ।

कास्की जिल्लाकै सबैभन्दा धेरै क्रसर उद्योग हाइड्रोपावर , बनजंगल ,जलविद्युत, पानीका मुहान,नदिजन्य खोलानाला  र सिङ्गै ए क्याप नामले प्रचलित संस्था भएरपनि त्यहाँबाट हुने उत्खनन जन्य वस्तुहरुको राम्रोसँग निकासी पैठारी गर्ने समयमा त्यहाँका स्थानीय बासीहरु एक आपसमा मुद्दा मामिलामा ओर्लेपछि वास्तविक सत्यतथ्य के रहेछ भनि बुझ्नको लागि सार्वजनिक सुनवाई कार्यक्रम गरेको कास्की जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलले बताउनुभयो।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलले यो देशमा कानुन छ भन्ने विषयलाई सबैले बुझ्नुपर्छ ऐन विधि नियमले गर्न मिल्ने र हुनसक्ने सम्पूर्ण कामहरू गर्नुपर्छ अन्यथा नराम्रो काम गर्दा जो कोही पनि कानुनी कठाघरामा जानुपर्छ उभिनुपर्छ भन्ने विषय ख्याल गरेर जनताको पक्षमा उभिएर जनताकै पक्षमा किन काम नगर्ने भन्ने विषयमा ध्यानाकर्षण गराउनु भयो।

अहिले हामी जुनसुकै पोस्टमा भएपनि पाँच वर्षपछि जनता नै हो जनताले हामिलाइ देश र जनताप्रति इमान्दार भएर जनताको काम राम्रोसँग गर्नुस् भनेर पठाउनु भएको हुनाले हामीले राम्रो काम किन नगर्ने भन्नुभयो। जनताको प्रगति हुनु ,जनताको जीवनस्तर उठ्नु भनेको हामी जनप्रतिनिधिको हरुको जीवनस्तर पनि बढ्नु हो भन्ने विषयलाई हामीले कहिले पनि बिर्सनु हुँदैन भन्नुभयो।

करिब १०० जना जनताको उपस्थितिमा भएको सो कार्यक्रममा १५ जनाले आफ्नो गुनासो राख्नु भएको थियो विशेषगरी एक्यापको बारेमा धेरै नै जनगुनासो राख्नु भएको विषयलाई लिएर समन्वय प्रमुखले भन्नुभयो “यो एक्याप संस्था पनि समयअनुसार परिमार्जित हुँदै जनताको पक्षमा लाग्नु पर्छ भन्नुभयो। आफूले यो संस्थालाई २०औँ वर्ष अघिदेखि राम्रो काम गर्ने संस्था हो भन्ने जानेको बुझेको संस्था भएको र यसैलाई सघाउनको निम्ति सहज होस् भनेर जनताहरूबाट सीएएमसी  नामक संस्था भुर्जुङखोलामा रहेकाले यी दुवै संस्था एकआपसमा मिलेर स्थानीय जनताको पक्षमा काम गर्नुपर्छ भन्नुभयो।

कोहीको कोहीसँग नितान्त व्यक्तिगत रूपमा होस् अर्थात् सामाजिक रुपमा आफ्नो व्यवहार नमिलेकै कारणले समाजमा विवाद आउने मुद्दा मामिला गर्ने जस्ता कार्य गरेर कानुनी मूल्य मान्यतालाई खिल्ली उडाउँन कसैले पनि पाइदैन भन्नुभयो कसैका मोटापाखुरा हुँदैमा र कसैको सोर्स फोर्स हुँदैमा जे पनि गर्न पाइन्छ भन्ने मान्यता नराखी यो देशमा कानुन छ अनि मान्नुपर्छ भन्दै प्रहरी प्रशासन होस् या कुनै संघसंस्थाले सबै स्थानीयवासीहरूसँग राम्रो व्यवहार गरी समग्र भुर्जुङ खोला बासीको हितको निम्ति निर्धक्क भएर काम गर्ने वातावरण मिलाउन सबैलाई अनुरोध गर्नुभयो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख ले आफू कास्कीमा तीन महिना भयो आएको सबैभन्दा बढी उजुरी गाउँपालिका वडा नम्बर २ को भुर्जुङखोलाको गिटी बालुवा ढुङ्गा अवैध निकासी भयो भन्ने विषयमा स्थानीय वनबाट अवैध रुपमा टुसा निकासी भयो भन्ने विषयमा धेरै उजुरी परेको हुनाले वास्तविक के रहेछ भनेर आएको बताउनुभयो।

ढुङ्गा गिटी बालुवा अवैध निकासी भयो भन्ने विषयमा विधिको शासनबाट चल्ने भएको हुनाले असार साउन भदौमा नदीजन्य बस्तु उत्खनन नगर्नुस् भन्ने कुरा अवज्ञा भएपछि आफूहरू दुःखी भएको बताउनुभयो। स्थानीय रुपमा निकासी पैठारी हुने सबै बस्तु स्थानीय सरकारको नै माता हातमा संरक्षण हुने हो यसको कार्यान्वयन पक्षमा केही अप्ठ्यारो परेमा सुरक्षा दिने काम हाम्रो हो बन्नुभयो। यहाँ त उजुरीकर्ता नै उत्खनन गर्छन् भन्ने कुरा पनि सुनिएको हुनाले कारबाही गर्नको लागि प्रमाण लिएर आउनुस् भन्नुभयो। एक्याप र प्रहरीलाई दोष लगाउनुभन्दा कानुनी रुपमा काम गर्नुस् अन्यथा कानुनलाई हातमा लिएर काम गर्नुभयो भने कानुनले छोड्दैन भन्नुभयो।

सार्वजनिक सुनवाई कार्यक्रममा सर्वसाधारणदेखि स्थानीय रूपमा सक्रिय पार्टीको प्रतिनिधिहरूले भुर्जुङखोलाबाट निकासी पैठारी हुने हरेक वस्तुहरू को बारेमा समस्या र समाधानका कुराहरू उठान गर्नुभएको थियो भने कार्यक्रमलाई भव्य र सभ्य रूपले जिल्ला समन्वय कार्यालय कास्कीका अधिकारी नवराज बरालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: