Worldlink Communications

मेयर बालेन शाहको फोटो भएको टिसर्ट लगाएका युवाहरुलाइ केहीबेर नियन्त्रणमा लिएर छाडीयो

अशोज १ ,काठमाण्डौ

इन्द्रजात्राको अवसरमा बसन्तपुर क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो भएको टिसर्ट लगाएका युवाहरुलाइ  नियन्त्रणमा लिएर करिब ४ घण्टापछि प्रहरीले छाडेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका एसएसपी विनोद घिमिरेले नियन्त्रण लिइएका  १४ जना मध्य सुरुमा १३ जना र पछि १ जना गरी १४ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको जानकारी दिनुभएको एसएसपी करी ४ घण्टा सामान्य सोधपुछ पछी सबैलाई छाडिएको जानकारी दिनु भएको थियो   ।

मेयर बालेन शाहको फोटो भएको टिसर्ट लगाएका युवाहरुकै सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिएको बताएपनि स्थानीयसँग विवाद भएपछि झडप हुने स्थिति नआओस भनेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले  जानकारी गरएको थियो। मध्यान् १ बजेतिर नियन्त्रणमा लिएको १४ जनालाई प्रहरीले ५ बजेतिर छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्: