Worldlink Communications

मिसन ग्रास रूट :कास्की अन्नपूर्ण गाउँ पालिका वडा न.६ लुम्लेमा बैठक सम्पन्न 

फागुन २४, अन्नपूर्ण गाउँपालिका , लुम्ले

नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत मंगलबार कास्किको अन्नपूर्ण गाउँपालिका वडा न .६ लुम्लेमा वडा कमिटिको बिस्तारित बैठक सम्पन्न भएको छ ।

बैठकमा पार्टीका प्रदेश कमिटी सचिबालय सदस्य तथा जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेल ,गण्डकी प्रदेश कमिटी सचिबालय सदस्य दिपक पौडेल , प्रदेश कमिटी सदस्य गौरी प्रसाद सुवेदी , पार्टी गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्साल ,

जिल्ला कमिटी सदस्यद्वय कृतिनाथ देबकोटा र दामोदर शर्मा रिमाल , जिल्ला समन्वय समिती कास्किका सदस्य गणेश बहादुर जि .सि ., सो पार्टीका अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष बिबेक देबकोटा ,साबिक लुम्ले गा. बि. स .अध्यक्ष गोलमान गुरुङ ,वडा अध्यक्ष एकदेब देबकोटा लगायतले अभियानको बारेमा प्रकाश पार्नुभएको थियो।

यसअघि ने क पा( एमाले ) अन्नपूर्ण गाउँपालिका कमिटी कास्कीको पूर्ण बैठकले संगठन सुदृढीकरण राष्ट्रिय अभियान अन्तर्गत उक्त अभियान संचालन गर्ने निर्णय गरेको थियो । बैठकले टोल देखि वडा सम्मका विभिन्न कार्ययोजना तयार गरेको छ।

बैठक एमाले गाउँपालिका वडा न. ६ कमिटी अध्यक्ष बाबुराम देबकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत निलकण्ठ जैसिले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: