Worldlink Communications

जेष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव पुस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा दुई दिने कार्यक्रमको उदघाटन

जेठ ३१ , पोखरा

जेष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव अन्तर पुस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा दुई दिने अन्तरक्रियात्मक कार्यक्रम आज सामाजिक विकास कार्यालय कास्कीको सभाहलमा  उदघाटन भएको छ।

सामाजिक विकास कार्यालय कास्कीको आयोजना र शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको समन्वयमा दुई दिने जेष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक घनश्याम पौडेल पौडेलले गर्नुभएको थियो । कार्यक्रमलाई भव्य र सभ्य रूपले सामाजिक विकास कार्यालयका कर्मचारी ज्ञानेश्वर सुवेदीले सञ्चालन गर्नुभएको थियो।

कास्की जिल्लाका पाँचवटै पालिकाबाट प्रतिनिधित्व गर्दै विभिन्न  विद्यालयका विद्यार्थी र प्रधान प्रधानाध्यापकहरु सहित करिब ४५ जनाको उपस्थितिमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि घनश्याम पौडेलले पानसमा बत्ती बालेर गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै अहिलेका बाबु नानीहरू दुध कहाँबाट आउँछ भन्दा  पसल बाट हामीले खाएको भात को चामल कसरी उत्पादन हुन्छ भन्दा बोरा बाट जस्ता उत्तर आएको पाएको हुदा सहि उत्तर दिन नसक्दा दुःखद वातावरण सिर्जना भएको बताउनुभयो।

धार्मिक ,सांस्कृतिक, बोली चाली, रीतिरिवाज, परम्परा र  व्यावसायिक विषयहरु जस्ता को तस्तै हस्तान्तरण गर्नुपर्ने सिकाउनुपर्ने अग्रजहरूको दायित्व तडकारो  रुपमा देखिएको हुनाले यो कार्यक्रमको सान्दर्भिकता अझै बढेको छ भन्नुभयो।

आजकलको शिक्षा व्यवहारिक र व्यवसायी हुन नसक्दा आफ्ना बाबुआमा हजुरबाहजुरआमा हरुलाई मान सम्मान गर्न सिकाउने शिक्षा उपलब्ध हुन नसक्दा जेष्ठ नागरिक हरु र नाती पिणीहरूको ज्ञाप धेरै नै भएको बताउनुभयो जुन हुनुहुँदैन थियो त्यही हुँदैछ भन्दै सामाजिक विकास कार्यालय कास्कीको आयोजना र शिक्षा विकास तथा समन्वय इकाई कास्कीको समन्वयमा भएको यो कार्यक्रम आफैमा प्रशंसनीय कार्यक्रम भएको बताउनुभयो। जसको कारणले यहाँ उपस्थित भाइबहिनीहरू र शिक्षक साथीहरुले यहाँबाट पाएको ज्ञान आफ्नो विद्यालय छर छिमेक जतासुकै फैलाउन र बुझाउन सक्नुहुनेछ भन्ने विश्वास लिएको थियो।

सामाजिक विकास कार्यालय कास्कीको लेखा प्रमुख प्रेमबहादुर केसीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा जेष्ठ नागरिक महासङ्का महासचिव  कुसुम केशव पराजुली , कल्पना बस्याल र शान्ति  वस्ति लगायतले नाटक को रुपमा जेष्ठ नागरिकहरू र नाति पुस्ता सग सम्बन्धित रहेर प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमको पहिलो सेसनमा कार्यक्रम समापन गर्दै सामाजिक विकास कार्यालय कास्कीका  प्रमुख इन्द्र बहादुर थापाले वृद्ध बुवाआमाहरूलाई जब सम्म आफ्नै घरमा राखेर आत्मीयताका साथ पारिवारिक रुपमा ससम्मानपूर्ण तरिकाले अपनत्व सहित चिसोलाई तातो बनाउने माया ममता साटफेट गर्न सक्ने वातावरण बन्दैन तब सम्म पुस्तान्तरण गर्ने कार्यक्रमहरू अझै टाढा बन्दै जाने भएको हुनाले अपनत्व सहित सबैले सबैलाई पारिवारिक रुपमा गरिने माया दिन सक्नुपर्छ लिन सक्नुपर्छ अनि मात्र सजिलै पुस्तान्तरण हुने वातावरण बन्नेछ। त्यसको लागि यो कार्यक्रम महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्: