Worldlink Communications

पोखरा बसपार्क लगाएत अन्य स्थान निर्माण कार्यगर्न आफ्नो कार्यक्रममा समेटेदै-पोखरा महानगरपालिका

असार १० ,पोखरा

पोखरा महानगरपालिकाले १५ औं नगरसभाको नीति तथा कार्यक्रम बाट पोखरा बसपार्क निर्माणलाई  समेटेको प्रमुख धनराज आचार्यले बताउनु भएको हो ।

शहरीक्षेत्रस्थित अति व्यस्त बाटोमा रहेका पुलहरू केआइ सिंङपुल, महेन्द्रपुल जस्ता पुलहरूको वैकल्पिक पुल निर्माण सम्बन्धमा गहिरो अध्ययन गर्ने भएको छ  भने  पोखरा–३२ लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण कार्य अघि बढाउने कार्यमा समन्वय गर्नेपनि बताउनु भएको छ ।

पोखरा महानगरपालिकाले विभिन्न स्थानहरूमा पार्किङस्थल निर्माण प्रक्रिया अघि बढाउने, मेट्रो ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र बनाउने जस्ता योजनाहरू कार्यक्रम मा समेटेको जनाएको छ । त्यस्तै, रानीपौवा शोभा भगवतीस्थान नजिक रहेको पोखराको पुरानो नगरपालिका कार्यालय भवनलाई पोखरा स्मृति सङ्ग्रहालयको रूपमा विकास गर्ने कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

महानगर भित्र रहेका वर्कसप, पेट्रोल पम्प जस्ता व्यवसाय तथा विपद जोखिम संवेदनशील संरचनालाई हटाइ अन्यत्र स्थानान्तरण गर्ने नीति लिएको छ ।  नयाबजार लगायतका क्षेत्रमा रहेका विविध व्यवसायका कारण पोखरा कुरुप देखिएको र जसका कारण  जोखिम पनि निम्तिएको भन्दै आलोचना भएपछि महानगरले यस्ता व्यवसाय गर्दै आएकाहरूलाई स्थानान्तरण गर्ने कार्यक्रम लिएको पनि कार्यक्रममा समेटिएको बताइएको छ। ।

प्रतिक्रिया दिनुहोस्: