Worldlink Communications

प्रदेश सरकारको बजेट खट्टे बाँड्दाझैँ बाँड्नाले बाटोहरूले पूर्णता नपाउने निश्चित -जिसस प्रमुख पौडेल

असार ११, पोखरा

जिल्ला समन्वय कास्की प्रमुख लिलाधर पौडेलको नेतृत्वमा पूर्वाधार विकास कार्यालयको टोलीसहित फुस्रेखोला रामदी मट्टीखाना हुदै देउराली रोड, छरछरे शिवढुङ्गा सडक र कालाबाङ तिलहार तारे भिर बाटोको अनुगम गरेको छ।

जिल्ला समन्वय कास्कीका प्रमुख लीलाधर पौडेलले बहुवर्षीय योजनाहरूको बजेट प्रदेश सरकारले कटौती गरेर वडाले पनि दिन लाज मान्ने बजेट खट्टे बाँड्दा झैं प्रदेशैभरि चुनाव लागेजस्तै गरी लाखे बजेट बाँड्नाले बहुवर्षीय योजनाहरूमा प्रत्यक्ष प्रभाव परेको हुँदा बहुवर्षीय विकासे योजनाहरू लगायत बाटोहरू सम्पन्न हुन धेरै बर्ष लाग्सने बिषय घाम झैँ छर्लङ्ग देखिएको छ भन्नुभयो।

करोडौंको योजनामा बन्दै गरेका बहुवर्षीय विकास र विकास सँगै जोडिएका बाटो बाटो घाटो पुल पुलेसा मठ मन्दिरहरू सबैको बजेट कटौती गरेर ८/१० लाख विनियोजन गर्नु भनेको वडाध्यक्षले विनियोजन गर्ने बजेटभन्दा पनि कमजोर बजेट प्रस्तुत गरेर प्रदेश सरकारले आफ्नो हैसियत गुमाइसकेको बताउनुभयो।

फुस्रे खोला रामदी मट्टीखाना देउराली बाटो अनुगमन गर्ने क्रममा ठेक्का लिएको कम्पनी M/S SBA/SAP/SIRUWA J.V. CONSTRUCTION  KATHMANDU ले हालसम्म माटो काट्ने कार्य सम्पन्न गरेको सबग्रेड करिब सम्पन्न, मर्मत गर्नुपर्ने करिब चार कि.मि.सम्म प्रथम कोट गरिएको सिङ्गल साइड पर्खाल लगाउने काम सम्पन्न भएको, नाली करिब ९० प्रतिशत सम्पन्न भएको र केही बनेको संरचना बर्सातको कारणले मर्मत गर्नुपर्ने देखिएको छ भने यो बाटो(DVST) डि.भि.एस.टि. प्रणालीबाट बन्छ भन्ने कुरा पूर्वाधार विकास कार्यालयका डिभिजनल इन्जिनियर सोभियत खड्काले बताउनुभयो।

त्यस्तैगरी कालाबाङ भुम्दी तारे भिर चिसापानी ढाबा हुँदै करिब ६ किलोमिटरको बाटो निर्माण ठेक्का २०८० फागुन ३ गते निर्माण व्यवसायी ओम इन्फाटेक प्रकाश तारा जेबी कन्सट्रक्सन काठमाडौँ ले दुई वर्षमा यो काम सक्ने गरी सम्झौता गरेर काम गर्न थालि सकेको छ।

आज गरिएको अनुगमन मा जिल्ला समन्वय प्रमुख पौडेल भन्नुहुन्छ सम्झौता गरेको करिब पाँच महिनामा नै यो कन्सट्रक्सनले राम्रो काम गरेर देखाएको छ राम्रो गरेकोलाई राम्रो भन्नु पर्छ भन्दै यति छिटै करिब १५/२०% फिजिकल्ली  काम पनि गरिसकेको बताउनुभयो।

यो बाटो प्रेमिक्स प्रणालीबाट निर्माण गरिनेछ भने सँगै ढलान कार्य पनि राम्रो बलियो तरिकाले गरिनेछ । सडकमा पर्खाल र ग्याबिन भर्ने काम भइरहेको छ २०८० को बजेटमा ढाई करोड रुपैयाँ विनियोजन भएको गरेको प्रदेश सरकारले यस वर्ष करिब ३ करोड विनियोजन गरेको सम्पूर्ण  बिषय पूर्वाधार विकास कार्यालयका डिभिजनल इन्जिनियर सोभियत खड्काले बताउनुभयो।

बेलाबेलामा सम्बन्धित निकायहरूबाट गरिने आशालाग्दा अनुगमन हरूले जनताको मन र मस्तिष्कमा विश्वसनीय मापनिय र मननीय छाप छोड्न सक्ने सबै पक्षहरुबाट विश्वस्त भई आग्रह पूर्वाग्रह नराखी देश विकासको निम्ति अगाडि बढ्ने हो भने साँच्च नै बेला बेलामा गरिएका अनुगमनहरुले बाटो घाटो मात्र नभई सम्पूर्ण विकासको मार्ग प्रशस्त गर्ने विषयमा कहीँ कतै दुविधा नहुने राम्रो हुने बिश्वास को दियोले जनताको मनमा बल्ने आशाको त्यान्द्रो पलाउन सक्ने महसुस गर्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्: