Worldlink Communications

सभामुख देवराज घिमिरेले हरि ढकाललाई बोल्न नदिएपछि संसद अवरोध

साउन २९ , काठमाडौं

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न नदिएपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले संसद अवरोध गरेका थिए ।

आज प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद रास्वपाका हरि ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेपनि फरक  विषय उठाउन खोजेको भन्दै सभामुखले माइक अफ गरेपछि सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध रास्वपा र राप्रपा ससद अवरोध गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरुले संसदमा जुनसुकै विषय पनि उठाउन सक्ने भएको हुनाले सभामुखले रोक्न नपाउने बताउनु भयो।

रास्वपा र राप्रपा सांसदहरु उठेर संसद अवरोध गरिरहेकोले  सभामुख घिमिरेले बस्न आग्रह गर्दा पनि मानेका थिएनन । केहीबेरमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदहरु पनि उठेर बिरोध जनाएको थियो।अन्तिममा सभामुख घिमिरेले सांसद हरि ढकाललाई बाँकी समय उपयोग गरेर बोल्न समय दिएपछि माओवादी, रास्वपा र राप्रपा सांसदहरु बसे र संसद बैठक चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्: