Worldlink Communications

सराङ्गकोट सहकारी द्वारा महिला सदस्य हरूलाई सहकारी शिक्षा प्रदान

भाद्र १८ , पोखरा

सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाले महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा हरेक वर्ष गर्दै आएको सचेतना सहितको सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थामा रहेका महिला शेयर सदस्यहरुलाई कार्यक्रमको माध्यमले सहकारी ऐन,नियमको जानकारी सहित आपसी सम्बन्धको विस्तार गराउने उद्धेश्यले कार्यक्रम गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताउनुभयो ।

कार्यक्रमको सहजिकरण गर्दै सहकारीका अभियान्ता प्रशिक्षक भिम गुरुङले सदस्यको साथ सहयोग निरन्तर हुनुपर्ने बताउनुभएको थियो । सहकारीको मुख्य खम्बा शेयर सदस्य नै रहेकोले कस्तो सहकारी बनाउने जिम्मेवारी संचालक सहित सवै सदस्यहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभएको थियो।

श्राङकोट सहकारी २०६३ मा स्थापित संस्थाले आफ्ना सदस्यहरुको लागी आर्थिक सङ्गै रेडियो सराङ्गकोटको संचालन गर्दै हाल ५४ करोड कुल कारोबार गर्दै आएको कोषाध्यक्ष राममणि पौडेलले बताउनुभएको थियो।

कार्यक्रममा संस्थाका सल्लाहकार पुर्व अध्यक्ष प्रेम बहादुर जि .सी,शोभियत बहादुर अधिकारी, कमल नायन गौतम, दुर्गा बहादुर सुनार ,लेखा संयोजक शिव बहादुर बानिया ,उपाध्यक्ष बसन्त बानिया ,कोषा अध्यक्ष राममणि पौडेल ,संयोजक माया कुमारी शर्मा, संस्थाका व्यवस्थापक सुरेन्द्र थापा, लगाएतले आ–आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा महिला दिदि बहिनीको प्रस्तुती संगै राष्ट्रिय कलाकार युवराज भण्डारीको विशेष गाईजात्रे प्रस्तुती सहित विविध साँस्कृतिक प्रस्तुतीहरु राखिएको सो कार्यक्रम सकिएपछि दिदीबहिनीहरूको लागि दर खुवाउने कार्यक्रम गरेको थियो।

प्रतिक्रिया दिनुहोस्: