Worldlink Communications

कास्कीका कार्यालयहरु बाट सम्पादन गरिएको कामहरु को बार्षिक समीक्षा कार्यक्रम समापन

भाद्र २६ , पोखरा

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट सम्पादन भएका कामहरूको दुई दिने बार्षिक समिक्षात्मक कार्यक्रमबाट देस र जनता प्रति इमान्नदार भै सबैले अआफ्नो कार्यलयबाट दिने सेवा चुस्तदुरुस्त छिटो दिन सक्नु पर्छ भन्ने बिषयमा एकमत हुदै समापन भएको छ।

कार्यक्रमको समापन गर्दै अध्यक्षता गरिरहनुभएका लिलाधर पौडेलले अझै पनि हाम्रा कार्यालयका प्रशासनिक, इन्जिनियरिङ लगायत सबै कर्मचारीहरूले आआफ्नो क्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्ने हो भने देश विकास र जनताको जीवनस्तर छिट्टै नै उठ्ने कुरामा दुई मत नभएको बताउनुभयो।

सचेत जनता इमान्दार कर्मचारी र असल नेता बनेर देश विकास गर्नमा असारनै पर्खनुपर्ने बाध्यतालाई हटाएर छिटोभन्दा छिटो बेलैमा राम्रो सँग काम सक्ने वातावरण बनाएर अगाडि बढ्न सक्नुपर्छ भन्नुभयो ।

यति महत्वपूर्ण कार्यक्रम गरिरहँदा गाउँपालिकाका प्रमुख हरू नगरपालिकाका प्रमुखहरूले यस कार्यक्रमलाई महत्त्व नदिँदा हामी अझै पनि पुरानै परम्परा अनुसार कुदिरहेका छौं नयाँ कुनै कुरालाई हामीले आत्मसाथ गर्न सकेका छैनौं भन्ने दुखेसो पोख्नु भएको थियो। आखिर हाम्रो कार्यकाल पाँच वर्ष न हो। त्यसपछि त हामी जनता नै हो। त्यसकारण कुर्सीमा बसिन्जेलसम्म राम्रो काम गरौ विकास निर्माणका कामहरूमा तालिका बनाएर कामको खाकाकोरौ र विकास गरौं आँखा चिम्म गरेर नबसौँ भन्नुभयो।

कास्की प्रमुख जिल्ला अधिकारीले आफ्नो शुभकामना मन्तव्य राख्दै विकास निर्माणका कामहरूहरू गर्दा किन असार महिना नै कुर्नुपर्छ भन्नुभयो। रातो किताबमा आएका र भएका सबै ठेक्कापट्टा का कामहरू दशैंभित्र नै किन ठेक्कापट्टा नलगाउने भन्दै काम छिटो सक्दा तपाईँहरूको के जान्छ त्यसैले काम छिटो सक्नुस् भन्नुभयो। काम गर्ने दौडानमा आइपर्ने हरेक कठिनाइलाई अप्ठ्यारोहरुलाई समाधान गर्नको लागि जिल्ला प्रमुख अधिकारीको नाताले ढुक्क भएर काम गर्नुस् काममा ढिलासुस्ती नगर्नुस् म तपाईँहरूको साथमा छु। ढिला सुस्ती मेरो लागि क्षम्य हुँदैन भन्दै नदीजन्य गिटी बालुवा ढुङ्गा उत्खनन गर्न रोकिएका सबै घाटहरू असोज लागेपछि खोलिने बताउनुभयो।

जिल्ला समन्वय समिति कास्कीको सभाहालमा भएको समीक्षा कार्यक्रम मा प्रस्तुत हुने विषयहरूमा वार्षिक कार्यक्रमहरू के के थिए, कार्यक्रमको लक्ष्य कस्तो थियो, लक्ष्यअनुसारको काम के कति भयो अर्थात् नभएको भए किन हुन सकेन, कार्यक्रम गर्दा के कस्ता समस्या र चुनौतीहरु आए? कार्यक्रमहरूलाई सफल बनाउनको लागि के के गर्नुभयो, काम गर्ने दौडानमा आएका समस्याहरूलाई समाधान गर्नको लागि के कस्ता उपाय भूमिका अपनाएर कार्यक्रमलाई सफल बनाउन भयो भन्ने जस्ता विषयहरुमा रहेर समीक्षात्मक कार्यक्रममा कास्की जिल्लाका करिब २२ वटा कार्यालयहरूको उपस्थिति सो कार्यक्रम गरिएको थियो।

पहिलो दिनको कार्यक्रममा श्री कृषि ज्ञान केन्द्रबाट हिन्दी राईले आफ्नो प्रस्तुति राख्नुभएको थियो, डिभिजन वन कार्यालयबाट कोमलराज काफ्लेले, शिक्षा विज्ञान तथा समन्वय इकाइबाट लोकनाथ पौडेलले सिँचाइ तथा जलस्रोतबाट कृष्ण बिकले मादी गाउँपालिकाबाट कोमलप्रसाद गौतमले माछापुछ्रे गाउँपालिकाबाट गोपी कृष्ण अर्यालले अन्नपूर्ण गाउँपालिकाबाट विष्णुप्रसाद पोखरेलले, रूपा गाउँपालिका अआफ्नो प्रस्तुति राख्नुभएको थियो।

त्यस्तैगरी दोस्रो दिन जलस्रोत तथा सिकाई डिभिजन कार्यालयबाट रमेशराज शर्माले आफ्नो प्रस्तुति राख्नुभएको थियो त्यस्तैगरी नेपाल दूरसञ्चार कार्यालयबाट रामचन्द्र पोखरेलले पूर्वाधार विकास कार्यालयबाट संघीय आयोजना कार्यान्वयनबाट सुरज पौडेलले संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयबाट कुलप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास आयोजनाबाट माधवजंग कार्कीले, लगायत मुग्लिन पोखरा खण्ड, मध्यपहाडी लोकमार्ग सहरी विकास तथा भवन डिभिजन कार्यालयले र खानेपानी सरसफाई डिभिजन कार्यालयले आफ्नो प्रस्तुति राख्नुभएको थियो।

समीक्षा कार्यक्रमलाई सफल बनाउनको लागि उपस्थित सम्पूर्ण कार्यालयहरूबाट आउनुभएका प्रमुख तथा प्रतिनिधि साथै इन्जिनियरहरू बीच भएको छलफलको निचोडले सबैले आआफ्नो कार्यालयबाट गरिएका कामहरू दिगो हुनुपर्ने प्रष्ट हुनुपर्ने जनताप्रति इमान्दारिता हुनुपर्ने ,जनतालाई छिटो रिजल्ट दिनुपर्ने कुरामा सबै सहमत हुदै समापन भएको थियो।

२०८०/८१ को दोश्रो समिक्षामा रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा ,माछापुछ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ, सहितले कास्कीका  कार्यालयहरूको कार्य सम्पादनको स्तर र सेवा प्रबाहको सम्बन्धमा आफ्नो धारणा राख्नुभएको थियो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जिल्ला समन्वय उप प्रमुख सरिता माल र कार्यक्रमलाइ भव्य र सभ्य रूपले जिल्ला समन्वय अधिकारी नवराज बरालले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: