Worldlink Communications

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा क्यान्सरको उपचार हुने : मन्त्री प्रदीप पौडेल

असोज १ पोखरा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौता भएकोले क्यान्सरको उपचार हुने  सम्भब भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको  समउपस्थितिमा भएको सम्झौता पत्रमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्रीले हस्ताक्षर गरेपछी  पोखरामै क्यान्सरको उपचार शुरु हुने भएको हो ।

सम्झौता अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अबदेखि प्रत्येक महिनामा कम्तिमा एक पटक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल बाट क्यान्सरको उपचार सेवा लिन पाउने भएपछी उपचारका लागि भरतपुर वा काठमाडौं जानुपर्ने बाध्यता हट्ने विश्वास अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले जानकारी दिनु भयो  ।

सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पोखरामा क्यान्सरको उपचार सेवा विस्तारसम्बन्धी सम्झौता भएपछी कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य बीमाको उपचारलाई पनि थप बिस्वास्नीय बनाउनुपर्ने, खरिद प्रक्रियालाई पारदर्शी बनाउनु पर्ने बिषयमा  आफूले कोशिष गरिरहेको बताउनु भयो।

 

प्रतिक्रिया दिनुहोस्: