Worldlink Communications

विन्ध्यवासिनी क्याम्पस बाटुलचौर र विन्ध्यवासिनी भुपु बिधार्थी मन्चले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ

असोज १९ , पोखरा

पोखरा महानगरपालिका वडा नं  १६ मा रहेको विन्ध्यवासिनी क्याम्पस र विन्ध्यवासिनी भूतपूर्व विद्यार्थी मञ्चले फरकफरक स्थानमा विजयदशमी तथा शुभ दिपावलीको शुभअवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम गरेका सम्पन्न गरेका छन।

विन्ध्यवासिनी क्याम्पसको कार्यक्रम क्याम्पसका अध्यक्ष दानबहादुर बानियाको अध्यक्षता भएको थियो भने विन्ध्यवासिनी भुपु बिधार्थी मन्चको कार्यक्रम मन्चका अध्यक्ष हरि बहादुरको  अध्यक्षता मा भएको थियो भने दुबै कार्यक्रमलाई भब्य र सभ्य रूपले विन्ध्यवासिनी माध्यमिक विद्यालय १६ का लेखापाल भिम बहादुर गायकले सन्चालन गर्नुभएको थियो।

नेपालीहरुको महान् चाडपर्वको अवसरमा क्याम्पस द्वारा आयोजित कार्यक्रमको उद्घघाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले क्याम्पसले भोगिरहेको जग्गा समस्यालाई लिएर समाधान गर्नको लागि मन्त्रालयले पहल गर्ने र जग्गाकै कारण क्याम्पसलाई आउने सहयोग नरोकिन बताउनुभएको थियो  ।

पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विन्ध्यवासिनी क्याम्पसमा देखिएको समस्या समाधान गर्न सवै पक्ष लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा क्याम्पसका सिनेटर पुर्व वडाध्यक्ष जीवन आचार्य , संस्थापक क्याम्पस प्रमुख नरहरि भट्टराई, विन्ध्यवासिनी मा वि का निमित्त प्रधानाध्यापक भेषराज पौडेल लगायतले जग्गा अभावको कारणले क्याम्पसले समस्या भोगिरहेको र विश्वविद्यालय वाट पाउने सहयोग पनि नआउने अवस्थामा क्याम्पस पुगेको बताउनुभएको थियो।

यसैबिच भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले पनि आजै नजिकिदै गरेका नेपालीहरूको महान चाडपर्व विजयादशमी, शुभ दीपावली लगायतका चाडपर्वहरु को आगमन सङगै शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा प्रमुख अतिथी विन्ध्यवासिनी मा वि का पुर्व प्रधानाध्यापक शालिग्राम अधिकारीले नेपालीहरुका महान चाडपर्वमा सबैले एक आपसमा हार्दिकता माया ममता र भातृत्व बढाई दशैंलाई सुखद र रमाइलो चाडपर्वको रुपमा र  आफ्नै तरिका बाट मौलिकतामा जोगाइ राख्नु पर्ने कुरामा जोड दिनुभएको थियो।

सोही कार्यक्रममा पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी लगायतले भूतपूर्व विद्यार्थीहरू समकक्षीहरू सबैलाई एउटै मञ्चमा राखेर भेला गराइदिएकोमा यी संस्थाहरू आफैमा राम्रा सभ्य संस्थाहरू भएको बताउनुभयो। आज नै आजिवन सदस्यहरुलाई भूतपूर्व विद्यार्थी मञ्चको सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो भने भूतपूर्व विद्यार्थी मञ्च को लोगो अङ्कित टोपी पनि वितरण गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: