Worldlink Communications

डडेल्धुराको अमरगढी -७ खसेरेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु  १२ जना घाइते एक जना बेपता

असोज ३० , डडेल्धुरा

डडेल्धुराको अमरगढी -७ खसेरेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु  १२ जना घाइते भएका छन।

गएराति कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी पुर्चौडी तर्फ गइरहेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजे अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति दुर्घटना हुँदा करिब तिन सय मिटर तल खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका-३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र का अनुसार १७ जना यात्रु सबार बसमा ४ जना गम्भीर र १२ जना सामान्य घाइतेहरुलाइ उपचारको लागि डडेल्धुरा अस्पताल लगेको केहि समयमै ४ जना लाइ चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो।

१ जना अझै पनि फेलानपरेको र बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएकोले उहालाई उपचारका लागि धनगढी पठाइएको बताउनुभयो।

घाइते हुने हरुमा चालक बैतडी, पुर्चौडीका वर्ष २४ का वीरेन्द्र बोहरा ,डडेल्धुरा, आलिताल गाउँपालिका-१ बस्ने वर्ष २१ का मुकुन्द बोहरा, पुर्चौडी नगरपालिका-७ बस्ने वर्ष २४ को नवराज साउँद ,बैतडी, पुर्चौडी वडा नं ६ बस्ने वर्ष २४ को राजेन्द्र साउद,कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ बस्ने वर्ष ६५ की धनमती साउँद, बैतडी, पुर्चौडी नगरपालिका-८ बस्ने वर्ष ४२ का पदमबहादुर बोहरा, बैतडी, पुर्चौडी नगरपालिका वडा नं. ७ बस्ने वर्ष २८ को नवराज सिंह, बैतडी, पुर्चौडी नगरपालिका वडा नं. ७ बस्ने वर्ष २० को सुरेन्द्र रतुकी, बैतडी, पुर्चौडी नगरपालिका वडा नं. १० बस्ने बर्ष ४० को दामोदर महरा, बैतडी, पुर्चौडी नगरपालिका वडा नं. १० बस्ने वर्ष अन्दाजी २५/२६ को धनबहादुर महरा, कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष २५ को दिनेश साउँद, दर्चुला, मार्मा गाउँपालिका ५ बस्ने वर्ष ३५ की विमला महता हुनुहुन्छ भने मृतकहरू सबैको सनाखत भइसकेको जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्: