Worldlink Communications

रवि लामिछानेलाई आज अदालत लगिँदै  

कार्तिक ४, पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज आइतबार जिल्ला अदालत कास्की लगिँदै छ ।

सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धान का लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि लामिछाने लाइ जिल्ला अदालत कास्कीले पक्राउका अनुमति दिएलगत्तै उहालाई शुक्रबार पार्टीको मुख्यालयबाटै पक्राउ गरेको थियो ।

पोखरामा शनिबार दिनभर रास्वपाका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका थिए भने  सहकारी पीडितहरुले समेत पोखरामा शनिबार प्रदर्शन गरेका थिए ।

पक्राउ पर्नुभएका रवि लामिछाने लाई अदालत लैजाने समयमा समर्थक र सहकारी पीडितहरु फरक  फरक स्थानमा प्रदर्शनको तयारी गरेका छन।

आज बिहान जिल्ला प्रशासन कार्यालय कास्कीले सर्बदलीय बैठक डाकेर प्रदर्शनका बेला संयमित हुन र भीडभाड नगरिदिन आग्रह गर्नुभएको थियो। स्मरणीय रहोस प्रजिअ भरतमणी पाण्डेले सहकारी पिडितसँग पनि भिन्दै बैठक गर्नुभएको थियो ।

संसदीय छानबिन समितिले गोर्खा मिडियामा विभिन्न सहकारीको ६५ करोड रकम गोर्खा मिडिया प्रालिमा गएको र त्यसको रकम खर्च गर्दा गोर्खा मिडियाका तत्कालीन कार्यकारी निर्देशन रबि लामिछाने को संलग्नता देखिएको  भनेर गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीलाइ असोज ६ गते नै पक्राउपरी जि प्र का कास्की  हिरासतमानै हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्: