Worldlink Communications

विन्ध्यवासिनी क्याम्पसको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

मंसिर १ , पोखरा

पोखरा १६ मा अवस्थित विन्ध्यवासिनी क्याम्पसको ११औ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विन्दुकुमार थापाले पानसमा बत्ती बालेर उद्घघाटन गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिन्सैदु कुमार  थापाले  संजोग भनौँ कि के भनौँ भन्दै  यसै क्षेत्रबाट जित्नुभएका सङ्घीय सांसद विद्या भट्टराई अधिकारी र म आफू प्रदेश सांसद बिन्दु कुमार थापा दुवै शिक्षामन्त्री यस परिवेशमा विन्ध्यवासिनी क्याम्पसको लागि केही गर्न सकिन्छ र सक्नुपर्छ भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

भूतपूर्व क्याम्पस प्रमुख विजय शर्माले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा क्याम्पसको गतिविधिको बारेमा क्याम्पस प्रमुख सुमन केशव पराजुलीले आफ्नो तर्फबाट मन्तव्य राख्नु भएको थियो भने विद्यालयको वार्षिक आय व्यय कार्यक्रम क्याम्पसका लेखापाल भीम गायकले प्रस्तुत गर्नुभएको सो कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी भाइबहिनीहरूलाई सम्मान पुरस्कार वितरण गरिएको थियो।

वडाध्यक्ष अमृत तिमिल्सिना रामबहादुर बानिया गणेश थापा दिनेश श्रेष्ठ लगायतले क्याम्पस भवन निर्माणको लागि भारतीय दूतावाससँग कुरा भएको त्यो कुरा ले अब अन्तिम निचोड पाउनुपर्ने कुरामा सबैले आफ्नो धारणा एकैबद्धताका साथ राख्दै वार्ड नं १६ को नागरिक हुँ भन्ने सारगर्विता जोगाई राख्नुपर्नेमा सबैले जोडदिनु पर्ने भन्दै कार्यक्रमको सफलता को कामना गर्नुभयो।

कार्यक्रमको अन्तमा कार्यक्रमको अध्यक्षता गरिरहनुभएका क्याम्पसका अध्यक्ष दानबहादुर बानियाले क्याम्पस निर्माणका लागि  राम्रा विषयहरूको उठान भएको छ र  गर्दै आइरहेको पनि छ।र ती उठान भएका विषयहरुलाई सबैले आआफ्नो ठाउँबाट अपनत्व लिँदै जिम्मेवार बन्दै अगाडि बढेमा देखिएका कमीकमजोरी हरू बिस्तारै समाधान भएर जाने बताउनुभयो भने कार्यक्रम क्याम्पसका लेखापाल भीम गायकले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: