गण्डकी अटो मेकानिकल वक्स एसोसिएसन २५औ साधारण सभा तथा १५औ अधिवेशन सम्पन्न
मंसिर २६ ,पोखरा
“म बाट हामी बन्न चाहनेहरूको लागि दुःख सुखको चौतारी” भन्ने नाराका साथ गण्डकी अटोमेकानिकल वर्क्स एसोसिएसन नयाँ बजार पोखराको २५औ वार्षिक साधारणसभा एवं १५औ अधिवेशन बाट विष्णुप्रसाद अधिकारीको टिम सर्वसम्मत तरिकाले चयन भएको छ।
निवर्तमान अध्यक्ष एवं वरिष्ठ अधिवक्ता माधव राज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगर पालिका को प्रवक्ता एवं वडा न. २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले पानसमा बत्ती बालेर पदस्थापन कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोतिलाल तिमिल्सिनाले गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनको २५ औँ अधिवेशन बाट निर्वाचित हुनुभएका सम्पूर्ण टिमलाई बधाई दिँदै पोखरामा नयाँ किसिमका अत्याधुनिक गाडीहरु आइरहेको ती गाडीहरूको बारेमा तालिम दिनुपर्छ भने काम गर्ने मेकानिक्स हरुलाइ महानगरको तर्फबाट तालिमको व्यवस्था गर्न सकिने बताउनुभयो।
पोखरा महानगरपालिका र मेरो तर्फबाट पनि सधैँ आफू फोहरी बनेर सधैँ दुःख गरेर राम्रो गाडी बनाएर सुकिलोमुकिलो रुपमा पठाउने ती कर्म बिर सम्पूर्ण मेकानिक्स दाजुभाइ दिदीबहिनीहरुलाई आफूले उच्च सम्मान गर्दै आएको र केही सहयोग गर्ने इच्छा भएकोले त्यो वातावरण मिलाउन अहिले नयाँ बनेको समितिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो।
२०४९ सालमा स्थापना भएको संस्थाले आजको दिनसम्म आइपुग्दा ३१ वर्ष वयस्क भइसकेको र यसका संस्थापक सनद कुमारलाई सम्मान गरिसकेको यस संस्थाले अटो मेकानिकल वर्क्स एसोसिएसनका व्यवसायीहरूका पिर मर्का ब्याथा बाधा सबैलाई सम्बोधन गर्न सक्ने गरी आफूले काम गर्ने त्यसको लागि संस्थागत रुपमा बसेर समस्या के के हुन समस्या पहिचान गरी गर्नुपर्ने के हो सम्पूर्ण कार्यहरूको सिलसिलेबार मिलाएर कहिलेसम्म के गर्ने कसरी गर्ने? कसरी सिकाउने मेकानिक्स साथीहरूलाई काम गर्नको लागि सजिलो वातावरण निर्माण गर्न आफूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
करिब १५० जनाको उपस्थिति भएको सो कार्यक्रमको सञ्चालन संस्थाको मिडिया संयोजक एवं पत्रकार कृष्णबहादुर थापाले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको सो कार्यक्रममा कार्यक्रमको समापन गर्दै अध्यक्ष माधवराज बास्तोलाले संस्था हाम्रो संस्था धेरै जेठो संस्था भएको बताउँदै यस संस्थाको इज्जत मान प्रतिष्ठा को निम्ति सबैले मिलेर अगाडि बढ्नुपर्ने र सबैबाट सहयोगको अपेक्षा गर्दै संस्थाको हितको निम्ति सबै ठाउँमा पुग्नुपर्ने बताउनुभयो । कार्यक्रमको अन्तमा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई धन्यवाद दिनुहुँदै कार्यक्रम समापन गर्नुभएको थियो।