श्री बिन्घ्येश्वरी युवा क्लबको ७औ अधिबेशन सम्पन्न : थम कुमार के.सि निर्विरोध अध्यक्ष
पौष २९ पोखरा
श्री बिन्घ्येश्वरी युवा क्लब पोखरा १९ तल्लाकोटको २७औ बार्षिक साधारण सभा तथा सातौ अधिवेशन बाट पुन थम कुमार के.सी को टिम निर्विरोध निर्वाचित हुनुभएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कुमार केसीले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. १९ का जनप्रतिनिधि विकास आचार्यको प्रमुखले पानसमा बत्ती बाल्दै ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घघाटन गर्नुभएको सो कार्यक्रममा विभिन्न स्थानीय व्यक्तित्वहरु, बुद्धिजीवीहरु, प्रागिक राजनैतिक व्यक्तित्वहरूको आतित्यथामा भएको थियो।
प्रमुख अतिथि एवं जनप्रतिनिधि विकास आचार्यले स्थानीय रूपमा स्थापित क्लबहरूको आफ्नै मूल्य मान्यताअनुसार विधानभित्र रहेर जनताको जनजीविकासँग प्रत्यक्ष सरोकार राख्दै युवाहरूलाई सक्रिय बनाउन र उत्पादनमा जोड्नको लागि महत्वपूर्ण भूमिका खेल्दै प्रत्यक्ष रुपमा युवाहरूलाई उत्पादनको रुपमा क्रियाशील भइ अगाडि बढ्न आग्रह गर्नुभएको थियो।
क्लबहरूको सक्रियतामा हुने सक्रिय कार्यक्रमहरुले समाजमा लोप हुँदै गएका र क्रियाशील रहिरहेका विभिन्न खेलकुद, अतिरिक्त क्रियाकलाप, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज सबैलाई जोगाउँदै अगाडि बढ्न सक्षम क्लबहरूको जति प्रशंसा गरेपनि नपुग्ने बताउँदै यस क्लबले पनि आफ्नो क्लबको साख जोगाउँदै आउनुभएका सम्पूर्ण व्यक्तित्वहरुलाइ सम्मान गर्दछु भन्नुभयो र आज भइरहेको ७औ अधिवेशनबाट बन्ने नयाँ नेतृत्वमा पनि उस्तै जिम्मेवार व्यक्तित्वहरु आउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको बताउनुभयो ।
अधिवेशनबाट कार्यसमिति सहित १५ जनाको समिति निर्बिरोध चयन गरेको छ जसमा निर्वाचित हुनुहुने हरुमा अध्यक्ष थम कुमार के सी, उपाध्यक्ष श्री राम आचार्य, महासचिव दीपेन्द्र ढुङ्गाना, सचिब सूर्य नारायण अधिकारी, कोषाध्यक्ष मान बहादुर के सी सदस्यहरुमा क्रमश: बिदुर आचार्य, आकास परियार गंगाधर आचार्य, गुणराज बाँस्तोला, भोज बहादुर के सी, प्रेम बहादुर भुजेल, शंकर के सी, स्वस्तिका नेपाली र लक्ष्मण बि.क. निर्विरोध चयन हुनुभएको थियो।
कार्यक्रम सफलताको लागि सम्झना आमा समूहका अध्यक्ष जमुना बास्तोला, जनजागृति आमा समूहका अध्यक्ष शान्ति बास्तोला, क्लबका पूर्व अध्यक्ष शिवबहादुर केसी, मिनराज ढुङ्गाना र संस्थापक अध्यक्ष गोविन्दप्रसाद आचार्य र बिन्देश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज ढुङ्गाना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
निर्वाचन मण्डलमा प्रमुख अतिथि विकास आचार्यको संयोजकत्वमा रमेश केसी र मिनराज ढुङ्गानाको समितिले प्रक्रियागत सञ्चालन भएको कार्यक्रममा कुनै पनि पदमा कसैको पनि दोस्रो नाम नपरे पछि विवाद नआएपछि निर्विरोध रुपमा समिति बनेको व्यक्तित्वहरूको नाम सार्वजनिक गरेको सो कार्यक्रमलाई भव्य र सभ्य रूपले संस्थाका महासचिव दिपेन्द्र ढुङ्गानाले सञ्चालन गर्नुभएको थियो।