Worldlink Communications

माछापुच्छ्रे गाउँपालिकाको सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता -२०८१ को आयोजना

माघ ३, पोखरा

सिधिङ युनाईटेडले आफ्नो वार्षिक उत्सवको अवसर पारेर कास्की को माछापुच्छ्रे गाउँपालिका वडा न.९ सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता -२०८१ आयोजना गर्ने भएको छ ।

माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न.९ का अध्यक्ष हरि ब. क्षेत्रीले प्रतियोगिताले समग्र माछापुच्छ्रे गा.पाको खेलकुद क्षेत्रको विकास सँगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने बताउनुभयो।

माघ ३० गते देखि फागुन ३ गते सम्म चल्ने सो प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद  रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने बताइएको छ।

उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने पुरुष भलिबल तर्फ दर्ता शुल्क रु.६ हजार रहेको क्लबका अध्यक्ष सुक ब.तामाङले जानकारी दिनुभयो ।

भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३०,००० र उप–विजेताले नगद रु २०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  भेट्रान्स तर्फ दर्ता शुल्क नगद रु ३ हजार रहेको तमाङले जानकारी दिनुभयो ।

आकर्षणको रुपमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु द्धारा नृत्य,गायन, हास्यव्यङ्ग्य विशेष प्रस्तुति र विभिन्न सांस्कृतिक कार्यक्रम रहने छन भने आधारभूत विघालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता,रस्साकस्सी, छेलो हान्ने, घैँटो फुटाई लगायतका प्रतियोगिता पनि रहने  क्लबका का.वा. सचिव प्रज्वल क्षेत्रीले बताउनुभयो ।

खेल सिधिङ खेलकुद मेदानमा हुनेछ् भने प्रतियोगितामा सहभागी हुन आउने सम्पूर्ण सहभागी टिमहरू ले माघ २९ गते बेलुका ४ः०० बजे भित्र समूहको नाम दर्ता गरिसक्नु पर्ने आयोजकले सबैलाई जानकारी गराएको थियो।

प्रतिक्रिया दिनुहोस्: