Worldlink Communications

अखिल नेपाल युवक संघको दोस्रो पूर्ण बैठक सम्पन्न “संघीयताको विरुद्ध युवा अभियान” भन्ने मुल नाराका साथ  देशभरी संघर्श गर्ने

माघ ७, पोखरा

अखिल नेपाल युवक संघ केन्द्रीय कार्यसमितिको दोस्रो पुर्ण बैठकले देशमा भइरहेको विद्यमान परिस्थितिको आधारमा रही विभिन्न निर्णयहरु गरेको अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो।

देशको रास्टियता झन्झन् कम्जोर बन्दै गैरेहेको  समयमा २०६२ /०६३ को जन आन्दोलनद्रारा प्राप्त गणतन्त्र धर्मनिरपेक्षता लगाएतका एतिहासिक उपलब्धि विरुद्ध प्रतिगामी खतरा बढदै गएको हुँदा त्यसका विरुद्ध संघर्श गर्नु पर्ने कुरामा बैठकले जोड दिएको छ ।

युवाहरुको बढदो बिदेश  पलायन , निरासा र हीनता बोध लाइ चिर्दै देश भित्रै रोजगारीको सिर्जना र देशको बिकास निर्माणको बारेमा युवाहरुलाउ परि चालन गर्न राज्यले आबस्यक निति र कार्यक्रम तर्जुमा गर्ने बिषयमा राज्यसँग अभिलम्ब यस्ता कार्यक्रमहरू ल्याउन जोडदार पहल कदमी सहित ध्यानाकर्षण गर्नुपर्ने।पछिल्लो समयमा रूस युक्रेन लगाएका युद्ध ग्रस्त क्षेत्रमा नेपाली युवाहरु युद्धमा प्रयोग भइरहनु गम्भीर चिन्ताको विषय हो उक्त परिस्थितिलाइ रोक्नको लागि प्रभावकारि कदम चाल्न पनि राज्य सरकारसग माग गर्दछौं भनिएको छ ।

नेपालमा संघीय प्रणाली रास्ट र जनताको आबस्यकता भन्ने कुरा पछील्लो समयमा आम नागरिकहरुले महसुल गर्दै गैरहेका परिवेशमा संघीयताको कारणले देशको अर्थ तन्त्र संकट गएको देशमामा पुर्वाधारको निर्माण उधोगधन्दा, बिकासर  रोजगारी सिर्जना लगाएत समग्र आर्थिक बिकासका लागी समेत महङ्गो  संघीय प्रणाली बाधक बन्न गएकोले यसको परिणाम नेपाली युवाहरु बिदेश पलायन हुनु पर्ने बाध्यता अरु बडेर गएकोले  संघीय प्रणाली खारेज गर्नु आजको राष्ट्रिय आवस्यकता भएको ठहर गरेको छ ।

अखिल नेपाल युवक संघले “संघीयताको विरुद्ध युवा अभियान “भन्ने मुल नाराका साथ  देशभरी संघर्श कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।सोकार्यक्रम अन्तर्गत विभिन्न जिल्लाहरुमा जुलुस सभा कोणसभा अन्तर्कृया लगाएतका कार्यक्रमहरु गरिने छ । त्यसै गरि रास्टिय जनमोर्चा द्रारा घोषित  चैत्र २४ देखि ३० सम्म संघीयता विरुद्ध राजधानि केन्द्रित  आन्दोलनप्रति एक्यवद्धता प्रकट गर्दै सो आन्दोलनलाइ प्रभाकारी रूपमा सनचालन गर्नको लागि ब्यापक रूपमा युवाहरु परिचालन  गर्ने निर्णय गरेको छ ।

बैठकले संगठनात्मक विषयहरुमा समेत महत्त्वपूर्ण निर्णयहरु गरेको अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष अधिकारीका अनुसार ७ सदस्यीय रहने गरि सचिवालय गठन गरेको छ । जसमा अध्यक्ष  गणेश अधिकारी, उपाध्यक्ष कुलराज खनाल, उपाध्यक्ष चोप बहादुर बिक ,महासचिव  बिश्नु पुन ,सचिब ठाकुर पन्थी ,सचिब बिरेन्द्र थापा र कोषाध्यक्ष कमल पौडेल रहनुभएको छ ।

त्यस्तैगरी प्रदेश  इन्चार्ज र सह इन्चार्ज हरुमा कोशीमा -सिता कार्की, मधेसमा- चोपबहादुर बिक र पृथ्वी रोका , बागमतीमा -बिष्णु पुन, गण्डकीमा- बिरेन्द्र थापा , लुम्बिनीमा- कुलराज खनाल , कर्णालीमा -कमल पौडेल ,चौहान मिदुन मगर र सुदुर पश्चिममा- ठाकुर पन्थी ,निर्जन शाही  रहनु भएको छ ।

पार्टी संगठनलाइ थप चुस्त जुरुस्त र क्रियाशिल  बनाउनको लागि देशका ७ ओटै  प्रदेशहरुको भेला र जिल्लाहरुको भेला गर्ने निर्णय भएको छ जस अनुसार सुदुरपचिममा माघ १९ गते ,कर्णालीमा माघ २१ गते ,लुम्बिनीमा माघ १८ गते, बाग्मतीमा माघ १९, गण्डकीमा- फागुन,३ गते गर्ने मिति तय भएको छ भने मधेस प्रदेश र कोशी प्रदेशको भेला केन्द्रिय कार्यलयले पछी निश्चित गर्ने जानकारी दिनुभएको थियो ।

आजकै बैठकले विभिन्न बिभागका सयोजक र सदस्यहरु पनि तोकिएका संगठन बिभाग सयोजक बिष्णु  पुन, आर्थिक बिभाग सयोजक कमल पौडेल , प्रकाशन बिभाग सयोजक गणेश अधिकारी , खेलकुद बिभाग दुर्गा, सास्कृतिक बिभाग सयोजक मेस्मा पुन , ,सूचना तथा प्रबिधि बिभागमा सयोजक सगर सुबेदी रहनुभएको छ।

“संघीयता विरुद्ध युवा अभियान “भन्ने मुल नारा सहित  माघ र फाल्गुण महिना भरी सदस्यता बितरण ,पालिका  ,जिल्ला  र प्रदेशहरुको प्रशिक्षणात्मक भेला तथा सम्मेलन गर्ने  निर्णय बैठकले गरेको छ ।त्यस्तै गरि चैत्र २४ -३० सम्म चल्ने संघीयता बिरोधि आन्दोलनलाइ सफल पार्न फागुन महिनाको २५ देखि नै केही युवा साथीहरूलाइ राजधानीमा  परिचालन गर्ने समेत निर्णय यस बैठक द्वारा गरिएको छ ।साथै आम नेपाली देशप्रेमी  जनतालाइ आ आफ्नो ठाउ बाट सहयोग र एक्यवद्धता जनाउनुको साथै  संघीयता विरुद्ध काठमान्डौ केन्द्रित आन्दोलनमा सहभागी हुनलागी  हार्दिक अनुरोध गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: