इन्जिनियरहरूलाई लक्षित गरी दुई दिने व्यवसायिक कार्यशाला सम्पन्न


फागुन १२, पोखरा


नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साझेदारीमा इन्जिनियरहरूलाई लक्षित गरी सन्चालन गरिएको दुई दिने व्यवसायिक कार्यशाला सम्पन्न भएको छ।
फागुन ९ र १० गते युएभी (UAV) फोटो मापन विधि तथा जी एन एस एस (GNSS) प्रयोग गरी भूमि सर्वेक्षणका लागि व्यवसायिक प्रशिक्षण सञ्चालन गरिएको थियो भने ११ र १२ गते सिभिल इन्जिनियर तथा आर्किटेक्चर अन्तिम वर्षका विद्यार्थीहरूका लागि कार्यशाला पोखरा इन्जिनियरिङ्ग कलेजमा सम्पन्न भएको थियो।
कार्यक्रम सोसाइटी अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सीज् पोखरा (सेकोन), नेपाल भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेश, सोसाइटी अफ नेपाली आर्किटेक्टस् (सोना), संघीय आयोजना कार्यान्वयन इकाई कास्की, नेपाल विद्युत् प्राधिकरण कास्की, र नापी कार्यालय कास्कीको प्राविधिक सहयोग तथा गण्डकी जीआई वारको आर्थिक सहयोगमा आयोजना गरिएको थियो।
कार्यक्रममा पोखरा इन्जिनियरिङ्ग कलेज, पश्चिमाञ्चल क्याम्पस, र स्कूल अफ इन्जिनियरिङ्ग पोखरा विश्वविद्यालयका ६० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यशालाको समापन गर्दै एशोसिएसनका अध्यक्ष ई. सन्तोष जिसीले विद्यार्थीहरूलाई नगर पालिका नियमावली, घरायसी विद्युत् सुरक्षा, सम्पत्ति मूल्याङ्कन, सरकारी रङ कोड, तथा भूमि सर्वेक्षण सम्बन्धी कार्यशालाले उनीहरू को सीप अभिवृद्धि गर्न मद्दत गर्ने बताउनुभयो।
कार्यक्रममा बर्जर्स पेन्ट्सका प्रतिनिधि बिजय सुवेदीले पेन्ट्स तथा सरकारी रङ कोडबारे जानकारी गराउनु भएको थियो। त्यस्तै, नगरपालिका नियमावली सम्बन्धमा ई. किसान सिंह गुरुङ, सम्पत्ति मूल्याङ्कन सम्बन्धमा ई. राजेश भट्टराई, घरायसी विद्युत् सुरक्षा सम्बन्धमा ई. अजेश अखेली, तथा नेपालमा वास्तुकलाको महत्त्वबारे आर्किटेक्ट लुना थापाले प्रशिक्षण दिनुभएको थियो।
युएभी (UAV) फोटो मापन विधि तथा जीएनएसएस (GNSS) प्रयोग गरी भूमि सर्वेक्षण सम्बन्धमा ई. सुर्य अधिकारीले प्रशिक्षण दिनुभएको थियो। अध्यक्ष ई. सन्तोष जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ई. विशाल थापा, सदस्यहरू ई. महेन्द्र पौडेल, ई. संजय तिमिल्सिना, ई. मनोज गिरी, ई. निरोज घिमिरे, ई. रोचक क्षेत्री लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो।
एशोसिएसनका सचिव ई. निरोज लामिछानेले सन्चालन गर्नुभएको जानकारी सदस्य ई. महेन्द्र पौडेलले परिवर्तन न्यूज डटकम लाई जानकारी दिनुभयो।




