Worldlink Communications

वर्ल्डलिंकले १० लाख ग्राहकको यात्रा सफलतापूर्वक पारगरेको- केशव नेपाल प्रमुख कार्यकारी

चैत्र १३ पोखरा

वर्ल्डलिंक नेपालका कार्यकारी प्रमुख केशव नेपालले वर्ल्डलिंकले आजको दिनमा हामी सबैलाइ अत्यन्तै गर्वित, भावुक र कृतज्ञ बनाएको बताउनुभयो।।

नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अपार माया विश्वास र सहयोगद्वारा वर्ल्डलिंकले १० लाख ग्राहकसम्मको यात्रा सफलता पूर्वक पार गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको बताउनुभयो। २०५२ सालमा जब केही गर्ने सपना, सीमित स्रोतसाधन र अपार आशाका साथ यो यात्राको सुरुवात गरिएकोमा त्यस बखत इन्टरनेट सेवा नेपालको लागि अत्यन्तै नौलो सेवा थियो भन्नुभयो।

बिजुली र टेलिफोन समेत नपुगेका गाउँ-बस्तीहरूमा इन्टरनेट पुर्याउने सपना त्यतिबेला असम्भव लाग्थ्यो। तर हामीसँग एउटा दृढ संकल्प थियो जुन हरेक नेपालीलाई विश्वसँग जोड्ने, प्रविधिलाई सर्वसुलभ बनाउने, र जनजीवनलाई सजिलो तथा समृद्ध बनाउने। त्यही उद्देश्यले हामीले हाम्रो कम्पनीको नाम “वर्ल्डलिंक” राख्यौं जुन नेपाललाई विश्वसँग जोड्ने माध्यमका रूपमा अहिले लाखौँ नेपाली घरघरमा नेट पुगेको बताउनुभयो।

आज हामीले देशका दूर दराजका गाउँ बस्ती तथा कुनाकन्दरा सम्म इन्टरनेट पुर्याउन सफल भएका छौँ, त्यहाँका बासिन्दाहरुको अनुहारमा देखिएको त्यो मुस्कान र खुसी नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो तपाईंहरूको साथ, भरोसा र मायाले हामीलाई यहाँसम्म ल्याएको हो भन्नुभयो।

आगामी दिनहरूमा हामी अझ बढी लगानीका साथ सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र सहज बनाउँदै लैजानेछौं र देशको अझै कुना-काप्चासम्म पुग्नेछौं । तपाईंहरूको सुझाब, आलोचना र समर्थन नै हाम्रोलागि निरन्तर प्रेरणाका स्रोत रहिरहनेछन भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: