शुक्ला साहित्य प्रतिष्ठान पोखरा द्वारा नयाँ वर्षको शुभअवसरमा शुभकामना आदानप्रदान,लेख रचना वाचन तथा भित्तेपात्राे विमाेचन कार्यक्रम सम्पन्न



बैशाख ४, पोखरा
शुक्ला साहित्य प्रतिष्ठान पोखरा बाटुलेचौर द्वारा नयाँ वर्ष २०८२ को शुभअवसरमा शुभकामना आदानप्रदान, लेख रचना वाचन तथा भित्तेपात्राे विमाेचन कार्यक्रम सम्पन्न गरेको छ।
कालिका बहुउद्देश्यीय भवन बाटुलेचाैरमा संस्थाका अध्यक्ष दुर्गादेवी बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपाली प्रमुख आतिथ्यता गर्नुभएको थियो। विशिष्ट अतिथि पाेखरा महानगर वडा नं.१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे तथा वडा नं १६ का कार्यवाहक वडाध्यक्ष राजकुमारी बानियाँ लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा भएको सो कार्यक्रम संस्थाका सचिव रामप्रसाद पाैडेल ले भव्य र सभ्य तरिकाले संचालन गर्नु भएकाे थियाे।
भित्तेपात्राे विमाेचन पछि कार्यक्रममा बाेल्दै प्रमुख अतिथि राम बहादुर नेपालीले साहित्य भनेकाे सुवाेध, सरल र जनसाधरणकाे मन छुने हुनुपर्छ , सबैले बुझ्ने खालकाे साहित्य सदैव लाेकप्रिय बन्दछ भन्नुभयाे । प्रमुख अतिथि नेपालीले यथार्थपरक लेखनीका कुरा गर्दै जुनसुकै विधाकाे भएपनि साहित्य जिवन र जगतकाे चित्रण हाे लेखकले विषयवस्तुकाे यथार्थतालई भुल्नुहुदैन भन्नुभयाे ।
बिशिष्ट अतिथि पाेखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले साहित्यले समाज रुपान्तरणमा ठूलाे भूमिका खेल्ने भएकाेले सामाजिक विकृति विसंगतीहरुलाई दृष्टिगत गर्दै आफ्ना कलमहरु सामाजिक रुपान्तरणकाे पक्षमा काेर्नुपर्छ भन्नुभयो । त्यस्तै विशिष्ट अतिथि पाेखरा १६ का कार्यवाहक वडाध्यक्ष राजकुमारी बानियाँले शुक्ला साहित्य प्रतिष्ठानले भाषा साहित्यकाे बिषयमा निरन्तर कलम कोर्दै साहित्यको विकास गर्दै आउनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्व हरूको प्रशंसा गर्नुभयाे।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रतिष्ठानका मानार्थ सदस्य ताराप्रसाद तिम्सिना, नव आदर्श सामूदायिक विकास समूहका अध्यक्ष दिनेश भण्डारी , विन्ध्यवासिनी विध्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापाले शुभकामना मन्तव्य राख्दै नया वर्षकाे आगमन संगै संस्थाले साहित्यिक विकासमा थप टेवा पुर्याउनको लागि रचनात्मक कार्यक्रम हरू थप्दै जानुपर्ने बताउनुभएको थियो।
विभिन्न सामाजिक संघ संस्था र साहित्यप्रेमीहरुकाे बाक्लाे उपस्थिति रहेकाे साे कार्यक्रममा संस्थाका मनार्थ सदस्य,अग्निधर शर्मा, नेत्रबहादुर बानियाँ, इन्दु भट्टराई, सुमनराज पाैडेल,सल्लाहकार शिव त्रिपाठी, सुवास अधिकारी र साहित्य प्रेमी माेहन प्रसाद पाैडेल तथा बाेधराज आचार्यले आ आफ्ना लेख रचना प्रस्तुत गर्नु भएकाे थियाे ।
संस्थाले उपाध्यक्ष दीपेन्द्र बानियाँकाे संयाेजकत्वमा पंचाङ्ग सहितकाे भित्तेपात्राे प्रकाशन गरेकाे छ र पात्राे प्रकाशनमा सहयाेग गर्नुहुने सम्पूर्ण सहयाेगी मन प्रति हार्दिक धन्यबाद व्यक्त गर्नुभएको थियो।


