Worldlink Communications

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा-मन्त्रिपरिषद्को बैठक बस्दै

वैशाख ८, काठमाडौं

आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ।

स्रोतका अनुसार शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला आफु र प्रधानमन्त्री केपी ओली बिच पटकपटक शिक्षकहरूको मागको बारेमा छलफल गरिरहँदा कहिँ कतै पनि मेल खानेकुरा नआएको देखेपछि आफू शिक्षामन्त्री बनिरहनुको कुनै औचित्य नरहेको महसुस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा दिनुभएको बुझिएको छ।

शिक्षामन्त्री भण्डारीले राजीनामा दिए लगत्तै आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्दैछ आजकै मन्त्रिपरिषद् ले उहाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयको निचोडमा पुग्ने र शिक्षक महासंघको आन्दोलनको बारेमा निचोड निकालेर शिक्षामन्त्री भट्टराई लाई यथावत राखिराख्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ।

प्रतिक्रिया दिनुहोस्: