Worldlink Communications

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रमबाट -८१ युनिट रगत संकलन

वैशाख १५, पोखरा

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कास्कीको आयोजना र अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल मुल ईकाईको संयोजकत्वमा भएको खुला  रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ ।

मानबिय संबेदनाबाट अभिप्रेरित भई मे १ तारिक अर्थात मजदुर दिवसको अबसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कास्कीको आयोजना एवं अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल मुल ईकाईको संयोजकत्वमा मणिपाल शिक्षण अस्पताल प्राङ्गणमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रमबाट कुल ८१ यूनिट रगत संकलन भएको मणिपाल मुलीकाई का संयोजक नरेश कुमार श्रेष्ठले बताउनुभयो ।

अखिल नेपाल स्वास्थ श्रमिक संघ कास्कीकी अध्यक्ष महिमा शाहीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि ने.क.पा (मावोबादी केन्द्र)का केन्द्रिय सदस्य राजकाजी गुरुङ्ग करण हुनुन्थ्यो। पानसमा बत्ती बालेर कार्यक्रमको उद्घघाटन गर्दै प्रमुख अतिथि राजकाजी गुरुङ करणले  मजदुरहरुको मनोबल बढाउन सके मात्र संस्था र मजदुरको भलो हुने महत्त्वपूर्ण कुरा उल्लेख गर्नु भयो । जसको निम्ति हरेक संगठनमा नेतृत्वमा इमान्दारिता वर्गीयता र अपनत्व हुनुपर्छ। भन्दै सम्पूर्ण श्रमजीवीहरू एक भएर आफ्नो हक अधिकारको निम्ति लड्नुपर्छ एकजुट हुनुपर्छ भन्दैै स्वास्थ्यय श्रमिकहरूको मनोबल बढाउनुभयो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत श्री अनिल ओडुबिलले कार्यक्रमको खुलेर प्रशंसा गर्नु भएको थियो। सह- संयोजक कमल अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम लाइ भव्य र सभ्य रुपले संस्थाका सचिब बिरेन्द्र पराजुलीले सञ्चालन गर्नुभएको थियो ।

मणिपाल मुल ईकाई समितिका अध्यक्ष नरेश कुमार श्रेष्ठले संयोजन गर्नु भएको कार्यक्रममा अस्पताल प्रशासक सुनिल नायरले प्रथम रक्त ब्याग ग्रहण गरी रक्तदान औपचारिक शुभारम्भ भएको थियो। अस्पताल प्रशासन तर्फबाट सबिना महर्जन, बरुणा पौडेल, रोशन अधिकारी, संकर बहादुर जी उपस्थित हुनुन्थ्यो।

ट्रेड युनियन महासंघ गन्डकी प्रदेशबाट रुद्र गौतम (अध्यक्ष), भोजराज खत्री (उपाध्यक्ष), मंगल लिम्बू (उपाध्यक्ष), रमेश सि.के. (उपाध्यक्ष), गुणराज बास्तोला (सचीव), नेख बहादुर बि.क (पहाड) प्रदेश सदस्य लगायत उपस्थित भई रक्तदान समेत गर्नु भएको थियो। यसै गरि शिव के.सी. (केन्द्रिय वरिष्ठ उपाध्यक्ष) प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ केन्द्रिय अध्यक्ष टंक राज पौडेल, प्रदेश अध्यक्ष शेर बहादुर शाही, ईकाई अध्यक्ष सुर्य सुवेदी (Fewacity), शिव पौडेल (GMC) समेत उपस्थित हुनुन्थ्यो। साथै मणिपाल मै क्रियाशिल अन्य युनियनबाट जीवन थापा, नवराज भण्डारी एवं अमृतबाबू पौडेल लगायतको समूह उपस्थिति थियो।

सभाध्यक्ष अखिल नेपाल स्वास्थ श्रमिक संघ कास्कीकी अध्यक्ष महिमा शाहीले धन्यवाद सहित कार्यक्रम उत्कृष्ट र भव्य रूपले सम्पन्न गर्नुभएकोमा सम्पूर्ण पाहुनाहरू रक्तदाताहरू सबैलाई धन्यवाद दिँदै आजको यस रक्तदान कार्यक्रम औपचारिक रुपमा समापन गर्दै फेरि पनि कार्यक्रममा उपस्थित अतिथी, रक्तदाता, प्राबिधिक सम्पुर्णमा खुल्ला रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएकोमा हार्दिक कृतज्ञता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियोे।

प्रतिक्रिया दिनुहोस्: